लन्डन ।बेलायतस्थित थर्ड आईसंगको सहकार्यमा आउँदो जुलाई १ तारिख शनिबारका साँझ दशौँ नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ आयोजना हुन लागेको हो । अल्डर्सटको एम्पायर हलमा संचालन हुने सो समारोहमा विभिन्न ३२ विधामा अवार्ड वितरण गरिनेछ ।
यसै बीच थर्ड आइ समूहले अवार्ड अन्तर्गत गीत संगीत विद्याको विजेता छान्न समुदायबाट मत लिइएको छ लन्डन सडबरीस्थित हिमालयन क्लवमा मत लिने कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीले वेष्ट प्लेब्याक सिंगर (महिला), वेष्ट प्ले ब्याक सिंगर (पुरुष), उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट गीतकार र उत्कृष्ट गीत छान्न मत दिएका छन् । यी ५ विद्याको अन्तिम निर्णय भने फिनालेमा सार्वजनिक गरिनेछ ।
अवार्ड कार्यक्रम संयोजक विकास देवकोटाले अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे देखि हुने कार्यक्रमका लागि हल बुकिङ, कलाकारहरुको आवास व्यवस्था, साउण्ड एण्ड लाइटिङ सिस्टम, भिडियोग्राफी, रेड कार्पेट शोका लागि लिमोजिन बुक भइसकेको जानकारी दिए । देवकोटाले अवार्ड कार्यक्रमका लागि कलाकारहरु भुवन केसी, करिष्मा मानन्धर, आर्यन सिग्देल, अनमोल केसी, केकी अधिकारी, अशिष्मा नकर्मी, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह लगायत नयां-पुराना चार दर्जन कलाकार र पत्रकार ऋषि धमला समेत बेलायत आउने तयारी गरिरहेको जनाए ।







