दोस्रो चरणको निर्वाचनमा लाग्नुहोस् : देउवा

काठमाडौं– नेपाली विद्यार्थी संघले दोस्रो चरणको स्थानिय तहको निर्वाचनको पूर्व सन्ध्यामा पार्टी कार्यालय सानेपामा आयोजना गरेको स्थानिय निर्वाचन परिचालन विषयक अभिमुखिकरण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिनुभयो । उहाँले भन्नु भयो –“निर्वाचन जिताउन विद्यार्थीको ठुलो भूमिका हुन्छ तंपाईहरु निर्वाचनमा लाग्नुहोस् ।”

निर्वाचन परिचालन मुल समितिका संयोजक एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै कांग्रेसलाई जिताउन नेपाल विद्यार्थी संघले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।https://www.facebook.com/osnepalcom/videos/1598082213544798/