प्रधानमन्त्री देउवालाई जनसम्पर्क समिति जर्मनीको बधाई

जर्मनी– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाली जनसम्पर्क समिति जर्मनीले बधाई दिएको छ ।

जनसम्पर्क समिति जर्मनीका सभापतिा शिखर खड्काले विज्ञप्ती जारी गर्दै नवनिर्वाचित प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना दिनुभएको हो । नयाँ संविधानलाई कार्यान्वयन र समृद्ध नेपाल बनाउनु प्रमखु जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको उल्लेख गर्दै सभापति खड्काले त्यसतर्फ केन्द्रित हुन शुभकामना दिनुभएको छ । ‘नेपाली कांग्रेसले नेपालका प्रजातन्त्रको आन्दोलनहरुको सबै परिबर्तनको सधै नेतृत्व गरी जिम्मेवारी पुरा गरेको इतिहास साक्षी छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा मुलुकको स्थायित्व र समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी पनि अब नेपाली कांग्रेसका सभापति आदरणिय नेता श्री शेरबहादुर देउवालाई जिम्मेवारीको सौभाग्य मिलेको छ।’

खड्काले सबै चुनौतीहरुलाई सुवर्ण मौकाकोरुपमा लिंदै सभापतिले कार्य गरे आगामी दिनहरुमा आम नेपाली नागरिकलाई विश्वास र पुरा भरोसाका साथ पुरा देश कांग्रेसमय हुने आशा व्यक्त गर्नुभएको छ ।