काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आश्चार्यमा परेका छन् ।
नयाँ शक्तिका संयोजकसमेत रहेका डा. बाबुराम भट्टराईले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् । ‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो,’ भट्टराईले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयाका लागि बधाइ पनि छ ।’
शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो ।






