महाभियोग प्रस्ताव फिर्ता लिँदै संसद बैठक १५ मिनेटलाई स्थगित

काठमाडौ– आजको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिइएको घोषणा गरिएको छ ।
सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्ताव फिर्ताको आधिकारिक जानकारी गराएकी थिइन् । त्यसलगत्तै सभामुख घर्तीले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेको घोषणा गरिन् ।
१५ मिनेटपछि बस्ने संसद बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु हुनेछ । यसअघि आजको कार्यसुचिमा रहेका ५ देखि ७ सम्मको बुँदा सभामुखले हटाएकी थिइन् ।