माओवादी केन्द्रको आधार क्षेत्रमै बागी उम्मेदवार

रोल्पा – दोस्रो चरणको निर्वाचनमा पकड जमाउन विशेष योजना बनाइरहेको माओवादी केन्द्रको आधार क्षेत्रमै पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध एकजना केन्द्रीय सदस्यले गाउँपालिका अध्यक्ष उठ्ने घोषणा गरेका छन् ।

पार्टीले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि असन्तुष्ट केन्द्रीय सदस्य कुलानन्द गिरीले त्रिव्णी गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका हुन् ।