फिलिपिन्समा एघार सैनिकको मृत्यु, सात घाइते

फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ ।

घटनामा परी अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सहायक रथी रेष्टीटुटो पाडिल्लाले बुधबार मध्यान्हतिर रकेट बम प्रहार भएको बताउनुभयो ।