भरतपुर महानगरमा ज्ञवालीको अग्रता १११२

चितवन– गठबन्धनकारी कांग्रेसको पकड बलियो भनिएको ठाउँमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले झिनो मतमात्रै घटाइरहेकी छन् । अहिले मतअन्तर १११२ मत रहेको छ ।

वडा नम्बर २१ को मतगणना हुँदा एमालेका देवी ज्ञवालीले ३९९७४ मत पाए भने माओवादी केन्द्रकी दाहालले ३८८६२ मत पाइन् ।

कांग्रेस—माओवादी तालमेलमा प्रधानमन्त्री पुत्री मेयर पदमा उम्मेदवार रहेका कारण भरतपुर महानगरपालिकाको मतपरिणामप्रति सर्वसाधारणमा धेरै चासो छ। भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन्। भरतपुरको कभर्ड हलमा मतणना भइरहेको हो।

२१ वडाको गणना अहिले भइरहेको छ भने १९ र २० वडा बाँकी छ ।