काठमाडौँ – गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ ।
गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो ।
गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए ।
दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको कारण अहिले नै बताउन नमिल्ने ति कर्मचारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार विमान परिचारिका सीना महर्जनको उद्दार गरी अस्पताल पठाइएको छ ।
पाइलट पारस राई र को पाइलट सिजन मानन्धरको उद्दार कार्य जारी रहेको उनको भनाई छ ।
बुढाथोकीका अनुसार अवतरण गर्ने क्रममा विमान जमिनमा धस्सिएको हो ।






