बेल्जियम– नेपाली जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सहमति पालना गरेर नैतिकता देखाएको बताएकी छन् । सापकोटाले विज्ञप्ती जारी गर्दै प्रचण्डको दोस्रो कार्यकाल सफल भएको बताउँदै उनी इतिहासमा सफल राजनीतिज्ञ बनेको टिप्पणी गरिन् ।
‘आफ्नो नौ महिने प्रधानमन्त्रीको कार्यकाल सफल कार्यकाल बनाए प्रचण्डजीले,’ उनले भनेकी छन्, ‘नेपाली राजनितिकवृत्तमा राम्रै पाठ सिकाएर गए राजनितिक ईमान्दारिताको । मानिसका राम्रा र नराम्रा पाटाहरुलाई सहि मुल्यांकन हुनु जरुरी हुन्छ, सही लाई सही र गलत लाई गलत भन्नु सक्नु वा बिश्लेषण गर्नु हाम्रो धर्म हो ।’ प्रचण्डको विगतप्रति आफ्नो असहमति रहेको स्मरण गर्दै सापकोटाले हिंसात्मक विद्रोहबाट आएका उनले संविधान निर्माणदेखि चीनसँगको ओबर सम्झौतासम्म सकारात्मक भूमिका खेलेको बताइन् ।
सीता सापकोटा- (सभापती) नेपाली जनसम्पर्क समिती बेल्जियम ।






