पोखरा- पोखरा लेखनाथ महानगरपालिकाका दुवै प्रमुख पदमा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका मानबहादुर जीसी र उपमेयरमा मञ्जु गुरुङ विजयी भएका छन् । जीसीले ६०४२३ र कांग्रेसका रामजी कुँवरले ४६४१६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपमेयरमा एमालेकी गुरुङले ५६४४८ मत पाइन् भने कांग्रेसकी सरस्वती गुरुङले ४४३३८ मत पाइन् ।
पोखरामा कांग्रेस–माओवादीबीच गठबन्धन थियो भने एमाले एक्लै मैदानमा थियो । एमालेले पोखराका ३३ मध्ये २२ वडा जितेको छ ।






