बाबुराम भट्टराईकै क्षेत्रमा नयाँ शक्तिको लज्जास्पद हार

गोरखा, ४ जेठ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा नै उनको पार्टीले लस्सापद हार व्यहोरेको छ ।

डा. भट्टराईको क्षेत्रको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेल विजयी भएका हुन् । पालुङटारमा भट्टराईको पार्टी तेस्रो बन्यो । भट्टराईको पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनबाट अशोक देवकोटा मेयरका उम्मेदवार थिए । तर, उनी माओवादी केन्द्रका विवश चिन्तन भन्दा पनि पछि परे ।

काँग्रेसका कंडेलले ४ हजार २ सय मत पाए भने दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका चिन्तनले ४ हजार ३० मत पाए । त्यस्तै, नयाँ शक्तिका देवकोटाले ३ हजार ८ सय ३० मत ल्याए ।