बेलायतमा एमआरपी फारम संकलन तिब्र:

लण्डन नेपाल न्यूज डट कम
बेलायत स्थित नेपाली दूताबासले एमआरपी पासपोर्टको फारम संकलन गर्ने कार्यलाई तिब्र बनाएको छ । बेलायतको बिभिन्न सहरमा फारम संकलन गर्दै आएको दुताबासले हिजो जनवरी २६ मा बेलायतको पीटरबोरोमा करीब ५० एमआरपी फारम संकलन गरेको छ। पीटरबोरो लगायत स्पाल्डिं,ग्रन्थम ,लेस्टर सम्मका नेपाली बासिन्दाहरुले एमआरपी आबेदन फारम भरेको जानकारी पीटरबोरो नेपाली समाजका अध्यक्ष एबं लण्डन नेपाल न्यूज डट कमका सल्लाहकार सम्पादक केशब भण्डारी ले गराउनु भएको छ ।


बेलायत स्थित नेपाली दूताबासले अहिलेसम्म करीब २५ हजार भन्दा बढी एमआरपी पासपोर्ट बितरण गरसकेको बताइएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुरुप सन् २०१५ को नोभेम्बर २४ देखि अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुले अनिवार्य रुपमा एमआरपी बोक्नुपर्ने छ । नेपाल आइकाओको सदस्य राष्ट्र भएका कारण आइकाओको प्रावधान मान्नुपर्ने बाध्यात्मक ब्यवस्था रहेको छ । बेलायतबाट एमआरपी फारम भर्नेहरुको एमआरपी पासपोर्ट आउन ३ देखि ४ महीनासम्म लाग्ने भएकाले दूताबासलाई अहिले एमआरपी पासपोर्ट फारम संकलनको चांप परेको देखिन्छ,  तेस्तै आगामी सुक्रबार, ३० जनवरी Doncaster तथा Catterick, North Yorkshire- बाट सहज गरि फारम संकलन गर्ने जानकारी बेलायत स्थित दुतबास ले जनायको छ ।