चौतारा – सागाँचोकगढी नगारपालिकास्थित सिद्धिकमला मतदान केन्द्रको चुनाव महिला कमान्डमा हुँदैछ ।
पीपलडाँडा गाउँमा कायम दुईमध्ये ‘क’ केन्द्रको चुनाव महिला नेतृत्वमा हुने भएको छ ।
जिल्लामा साढे २ सय मतदान केन्द्रमध्ये उक्त केन्द्रलाई मात्र महिलामैत्री बनाइएको हो । उक्त केन्द्रको चुनाव गराउन मतदान कर्मचारी र सुरक्षाकर्मीसमेत ११ जना महिला खटिएका छन् ।






