कांग्रेस प्रकृयाबाट पछि नहट्ने

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्नका लागि दलहरुबीचको विवाद प्रक्रियामा गएर टुंगो लगाउनुको विकल्प नभएको जिकिर गरेका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनले प्रतिपक्षी दलको धम्की र तर्साइबाट पछि नहट्ने बताए । विवादित विषयमाथि छलफल नगरी संविधानसभाभित्रै उदन्ड व्यवहार गरेर माओवादीले पुरानै शैली अपनाएको भन्दै उनले दुःख व्यक्त गरे ।
वरिष्ठ नेता शेरबहादुर देउवाले पनि प्रक्रियालाई कुनै हालतमा छाड्न नसक्ने प्रष्ट गर्दै एकीकृत माओवादीसहित विपक्षी मोर्चाको धम्कीबाट पछि नहट्न कार्यकर्तालाई निर्देशन दिए । जिल्ला सचिवहरुका लागि आयोजना गरिएको प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।