बेलायतमा देखाईंदै ‘लप्पन छप्पन’

लन्डन । दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ बेलायतमा प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘लप्पन छप्पन’ ले घरेलू बजारबाट करोड ग्रस विजनेश गरेको थियो ।

दयाहाङ/सौगात अभिनित फिल्म ‘लप्पन छप्पन’ बेलायतभर प्रदर्शन हुन लागेको हो ।

३२ बक्स नामक एउटा समूहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन फिल्म प्रदर्शन गर्दैछ । आयोजकमध्ये एक एलबीजेड गुरुङले बेलायतमा नेपाली चलचित्र प्रवर्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए ।

फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ । ३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् ।

सोही समूहमा आवद्ध युवाहरुले इन्फाका तर्फबाट यसअघि गाजलु, पुरानो डुंगा जस्ता फिल्म बेलायतको सिने वल्ड र भ्यू हलमा देखाएका थिए ।