बेलायतमा जनस्वास्थ्य विज्ञहरुको भेला सम्पन्न भूसालको नेतृत्वमा कार्यसमिति चयन

 18119894_10207674400172555_1146784970_oलन्डन– गोल्डेन सिप हलमा भएको जनस्वास्थ्य बिज्ञहरुको भेलाले नेपालका पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक बालकृष्ण भुसालको नेतृत्वमा ११ जनाको कार्यकारी समिति चयन भएको छ । भेलाले ६ जनाको सल्लहाकार समिति गठन गरेको छ ।
उक्त भेलाले जनस्वास्थ्य विज्ञ राजेन्द्र थापालाई उक्त कार्यकारी समितिको सदस्य सचिवमा चयन गरेको छ । उक्त कार्यसमितिको सल्लाहकार समितिमा लिबर पूल विश्वविद्यालयका प्राध्यापक तथा सहायक डिन पदम सिम्खडा, वरिष्ठ क्यान्सर अनुन्सान्धनकर्ता तथा नीति निर्माण कार्यमा संलग्न सम्पूर्णानन्द ढुंगाना, वाटर एड प्रोजेक्टका वरिष्ठ अनुसन्धानकर्ता ओमप्रकाश गौतम, अनुसन्धानविद जीव आचार्य, अनुसन्धानविद आलन मेर्सेल(संका र वरिष्ठ आँखा रोग चिकित्सक तथा जनस्वास्थ्य विज्ञ तिलक राज पुरीलाई चयन गरेको छ ।
कार्यकारी समितिका सदस्यहरुमा लण्डन स्कूल अफ इकोनोमिक्स का अनुसन्धानकर्ता राजेन्द्र कँडेल, खाद्य विशेषज्ञ रविन सापकोटा, स्ट्रोक नर्स लक्ष्मी भण्डारी, विश्व स्वास्थ्य संगठनमा कार्यरत जनस्वास्थ्य विज्ञ प्रतीक्षा आचार्य, अनुसन्धानकर्ताहरु रामजी तिवारी, प्रेम भट्ट, भरतकुमार श्रेष्ठ, र देवी खड्का रहेका छन् । उक्त कार्य समितिले बेलायतमा विभिन्न पेशामा संलग्न भइ जनस्वास्थ्यको क्षेत्रमा विशेष योगदान दिने सम्पूर्ण व्यक्ति, तथा संस्था सँग समन्वय गरि बेलायतको नेपाली समाज र नेपालको स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

Type a message…