लन्डन– पर्वत वेल्फेयर सोसाइटी यूकेको भेला शनिबार हुने भएको छ ।
पर्वत जिल्लाबाट बेलायतमा आएर विभिन्न पेशा व्यवसाय गर्दै आएका पर्वतेहरुको संस्था सोसाइटीको भेला अप्रिल २२ शनिबार हुने तय भएको हो ।
पर्वत वेल्फेयर सोसाइटी यूकेको आयोजनामा हुने नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका अध्यक्ष ददी आचार्यले जानकारी दिए ।
अल्डरसटस्थित एम्पायर हाउसको हलमा आयोजना हुने कार्यक्रममा लोकगायक यम क्षेत्रीले आफ्नो प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा पर्वत जिल्ला सम्बन्धी वृतचित्र, लाइभ कन्सर्ट, राफल ड्र, स्वादिस्ट खाना तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ ।






