
लन्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा हुने साधारणसभाले ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एसोसिएसनका महासचिव राज विष्टले जानकारी दिए । एसोसिएसनले साधारणसभामा सहभागी हुन नयाँ प्रशिक्षकहरुलाई अपिल गरेको छ ।
९ डिसेम्बर २०१२ मा स्थापना भएको एसोसिएसनमा करिब ५५ जना दक्ष प्रशिक्षक सदस्य छन् । एसोसिएसन बेलायतका विभिन्न स्थानमा रहेका नेपाली प्रशिक्षकबीच सम्बन्ध विस्तार र सामाजिक तथा व्यवसायिक कार्यमा सक्रिय छ ।






