काठमाडौं– सरकारले वरीयतामा दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाल सर्वोच्च अदालत जाने भएका छन् ।
महानिरीक्षकको दौडमा रहेको डीआईजी नवराज सिलवालले भने कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै अदालत जाने बताए।
सिलवालले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरे । ‘म कानुनी ससर्वोच्चताका लागि पुन: लड्छु,’ उनले भने ।
अर्यालले भने दर्ज्यानी चिन्ह लगाएर पदबहाली गरिसकेका छन् ।






