लमजुङ- उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
शनिबार लमजुङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले वैशाख ३१ मा चुनाव हुनेमा कुनै आशंका र द्विविधा नरहेको बताए ।
उनले अबपनि चुनावको विषयमा आशंका गर्दा वातावरण धमिलिन सक्ने बताए ।
परिस्थितिअनुसार दुई वा तीन चरणमा निर्वाचन हुनसक्ने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री थापाले शनिबारै लमजुङको घनपोखरास्थित त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटनसमेत गरेका छन् ।






