धर्मराज अधिकारी
लण्डन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको दश बर्षमा नेपाली युवाले मजदुरीको नाममा विदेश जानु नपर्ने बताबरण बनाउने बताएका छन् । उद्योग मन्त्रालय सम्हालेको तिन महिना भित्रैमा आफुले सकारात्मक कार्य गर्न सफल भएको उनले जिकिर गरे ।
चालीस करोड घाटामा रहेको कारखानाबाट दुई महिनामा ११ करोड मुनाफा लिएको मन्त्री जोशीले जानकारी दिए ।
लामो समयको अन्तरालपछि सरकारले घोषणा गरेको स्थानीय निर्वाचनलाई सफल पार्न सबै कांग्रेस कार्यकर्ताहरुलाई मन्त्री जोशीले आग्रह गरेका थिए ।
कांग्रेसका पुर्वं सभापति एवं पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला राष्ट्र निर्माणको दुरदर्शी नेता भएको बताएका छन् । नेपाली जनसम्पर्क समिति (एनपिसीसी) युकेले कोइरालाको सातौं स्मृति दिवसमा लण्डनस्थित हिमालयन क्लवमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले कोइरालाबाट आफुले आफैंलाई विश्वास गर्न सिकेको समेत बताए । शान्ति प्रकृयाका नायक स्व. गिरिजा प्रसाद कोइराला जीवनको अन्तिम समयसम्म पनि देशको बारेमा चिन्ता गर्ने महान नेता भएको उनले टिप्पणी गरे ।
मन्त्री जोशीले म बाट माथी उठेर हामी भन्ने भावना जागृत गराउन र सबै एकजुट भएर आगामी अधिबेशन सफल पार्न जनसम्पर्क समिति बेलायतका पदाधिकारीरुलाई आग्रह गरे ।
नेपाली जनसम्पर्क समिति युके पांचौ अधिबेशन आयोजक समितिका संयोजक लोक गुरुङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन युरोप संयोजक कुल आचार्यले गैर आवासीय नेपालीलाई दिइने नागरिकताको मोडालिटि कस्तो हुने भन्नेमा चिन्ता व्यक्त गरेका थिए । नेपालमा अझै लगानी गर्न प्राविधिक अड्चन रहेकोले त्यसलाई सहज बनाउन मन्त्री जोशीको ध्यानाकर्षण गराएका थिए ।
संस्थाका सल्लाहकार शेर सुनारद्धारा सञ्चालित कार्यक्रममा प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष्ँ रोशन सापकोटाले आर्थिक सम्बृद्धिका लागि भारत र चिनबीचको नेपालले सुचना प्रविधिको क्षेत्रमा विकास गरे आर्थिक लाभ लिन सक्ने बताएका थिए ।
सो अवसरमा सल्लाहकारहरु विश्व आदर्श पण्डित, शिवजी श्रेष्ठ, चिरञ्जीवि ढकाल, महेश दाहाल, योगेन बहादुर क्षेत्री, अधिबेशन तयारी समितिका सदस्य विज्ञान प्रसाईं, संस्थापक सभाति पुरुषोत्तम पौडेल, पुर्व सभापति विनोद मोक्तान, चेतनाथ खनाल, कांग्रेस शुभचिन्तक सुनिल गुरुङ् लगायतले गिरिजा प्रसाद कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए ।
कार्यक्रममा जनसम्पर्क समितिका महामन्त्री राजकुमार त्रिपाठीले स्व. गिरिजा प्रसाद कोइरालाका जीवनीमाथि टिप्पणी गरे भने सहमहामन्त्री कोपिला सुब्बाले स्वागत मन्त्रब्य दिएकी थिइन । यसै बीच उपस्थित सम्पूर्ण लाइ उपाध्यक्ष युबराज गुरुङ ले धन्यवाद ज्ञापन गरे ।
विगत लामो समयदेखि विवादमा रहेको जनसम्पर्क समितिले पहिलो पटक संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
बेलायतमा स्व. कोइरालाको सातौंं स्मृति सभा सम्पन्नः अबको दश बर्षमा नेपालीले राजगारीका लागि विदेश जानु पर्दैनः उद्योग मन्त्री जोशी






