बहादुर हामी, न त हार्यो न झुक्यौ, नेपाल छ उस्तै

pardip
प्रदीप कारन्जित
लन्डन ।
नेपाल छ उस्तै रास्त्रियता पनि उही हो केवल हामी नेपाली बदलिएको मात्रै हो परिचय उही छ,
रातो र चन्द्र सुर्य झन्डा पनि त्यहि हो हाम्रो स्वाभिमानमा प्रश्न लागेको मात्रै हो
हिमाल,पहाड,तराई र मधेश अझै छ नेपालमा मधेशी,पहाडी अनि हिमाली बीच अलिकती दरार बढेको मात्रै हो
बहादुर हामी,नत हार्यो न झुक्यौ कहिले अंग्रेजसँगै पनि ढुंगा मुढा अनि नेपाल बन्धको चपेटामा थाकेर, खोक्रिएको मात्रै हो उस्तै छ नेपाल,हामी नेपाली बदलिएको मात्रै हो गाएका थियौ
रास्ट्रिय गीत,अझ युग युगसम्म गाउनेनै छौ श्रीमान गम्भीर भुलेर सयौं फूलका थुंगाहरुमा रमाउन् थालेको मात्रै हो देखियो राजाको शाषण पन्चेको पनि, हामीलाई दास बनाउने यी हुन् अरे हाम्रो स्वाभिमान यहाँ हराएको कहाँ हो र?
लोकतन्त्रको नाममा सिंगो नेपाल,नेताहरुको दास बनेको मात्रै हो होइन होइन हामी झुकेको पक्कै होइन कुर्सिको आडमा पालै पिलो यिनले जनतालाई झुक्याएको मात्रै हो नेपाल छ उस्तै रास्त्रियता पनि उही हो केवल हामी नेपाली बदलिएको मात्रै हो
परिचय उही छ, रातो र चन्द्र सुर्य झन्डा पनि त्यहि हो हाम्रो स्वाभिमानमा अलिकती प्रश्न लागेको मात्रै हो