संविधानसभाको भर्खरै सुरू भएको आजको दोस्रो बैठक पनि अवरुध्द गर्नेगरी सभासद्हरुबाट नाराबाजी सुरू भएको छ । बैठक प्रारम्भ हुनासाथ एनेकपा (माओवादी) सहितको मोर्चामा आबद्ध दलका सभासद्ले नाराबाजीलाई निरन्तरता दिनुभएको छ ।
वेलमा उभिएर नाराबाजी गरिरहेका सभासद्लाई ठूलो सङ्ख्यामा परिचालित मर्यादापालकले रोष्ट्रममा जानबाट रोकिरहेका छन् । अघिल्ला बैठकमा झैं आज पनि संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संविधानसभाको दोस्रो बैठकमा पनि नाराबाजी






