प्रबासी नेपाली मंच यूकेले ११७ औ अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ बुधबार साँझ एक कार्यक्रमबीच भब्य रुपमा मनाएको छ। मंचकी महिला विभाग संयोजक सरस्वती केसीको संयोजकत्वमा आयोजना गरिएको सो कार्यक्रम नर्थ ह्यार्रोको सारस रेस्टुरेन्टमा साँझ ७ बजे देखि १० बजे सम्म संचालित थियो। मंचका अध्यक्ष राम शरण सिम्खडाको आतिथ्यमा भएको सो कार्यक्रममा ‘Be Bold for Change’ भन्ने नाराका साथ उपयोगी अन्तरक्रिया, रमाईला नाचगान तथा स्वादिष्ट भोजन संगै हर्षोल्लाशका साथ सम्पन्न भयो ।
महिला संयोजक केसी द्वारा संचालित सो कार्यक्रममा मंचका भुतपूर्ब अध्यक्षहरु आंकल्जंग लामा तथा दिनेश घिमिरे, पूर्ब महासचिब राजेन्द्र पुडासैनी, प्रचार बिभाग प्रमुख कुमार केसी, संगठन बिभाग प्रमुख कमल खनाल, आर्थिक बिभाग प्रमुख कृष्ण भण्डारी, एन आर एन युकेका आइ सी सी सदस्य कृष्ण तिमिल्सिना, सचिब कृष्ण तिवारी, युवा संयोजक हरि आचार्य, महिला संयोजक सुशिला राई, प्रबासी नेपाली मंचकी बिमला सेने, राधा भट्टराई तथा यू. के. बासी प्रशस्त शुभचिन्तक महिला तथा पुरुषहरुको उल्ल्येख्य जमघट भएको थियो।
अन्य देशका महिला समेत उपस्थित रहेको सो कार्यक्रममा महिला हक अधिकार तथा सांस्कृतिक परिबर्तनका लागि ठोस कदम चालिनु पर्नेमा जोड दिदै आंकल्जंग लामा, इन्दिरा तिवारी, बिजया भण्डारी, राधा भट्टराई तथा बसन्त नेपालले आ-आफ्नो मन्तब्य राखे भने निरुषा पाण्डेले मिठा गित गाएर मनोरंजन प्रदान गरिन।
महिला ससक्तिकरण तथा समान नेतृत्व बिकासको सम्भावनालाई अझ बलियो बनाउने उद्देश्यले प्रबासी नेपाली मंचको नेतृत्वमा बिगत तीन बर्ष देखि लगातार मनाइदै आईएको यस्ता कार्यक्रमको प्रबासी नेपाली समुदायले प्रसंशा गर्ने गरेको पाईन्छ । बिशेष गरी महिला तथा छोरीहरुको रमाईलो नाचगान सहित टुंगिएको सो कार्यक्रमको अन्तमा संयोजक केसीले उपस्थित सबै महानुभाब तथा भेन्यु उपलब्ध गराउने सारस रेस्टुराँलाई आभार तथा धन्यबाद ब्यक्त गरेकि थिइन्।
तस्बिर: नरेन्द्र बस्नेत







