कांग्रेस महामन्त्री कोइराला बेल्जियममा

कोइरालासहित सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्यद्वय एनपी साउद र चन्द भण्डारी पनि बेल्जियममा

बेल्जियम– नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालासहित नेताहरू बेल्जियम आइपुगेका छन् । कोइरालासँगै केन्द्रीय प्रतिनिधिको रुपमा नेताहरु सुरेन्द्र पाण्डे, एनपी साउद र चन्द भण्डारी पनि बेल्जियम आइपुगेका छन् ।

नेताहरुको स्वागतका लागि बेल्जियमका कांग्रेसीहरुको बिमानस्थलमा भीड नै लागेको थियो । जनसम्पर्क समितिको अधिवेशन आइतबार हुँदैछ । कोइरालाले बेल्जियम अलवा अन्य युरोपेली मुलुकमा पनि कांग्रेसीहरु माँझ अन्तरक्रिया, छलफल र भेटघाट गर्ने कार्यक्रम छ ।

आगामी नेतृत्वका लागि कांग्रेस महासमिति सदस्य सीता सापकोटा, पूर्वउपाध्यक्ष माधव सापकोटा तथा वर्तमान उपाध्यक्ष अनुजा प्रधानले दाबी गर्दै आएका छन् ।

सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिखमा नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ ।

मतदानमा १ हजार ३ सय २७ सदस्यहरु सहभागी हुनेछन् ।