काठमाडौं–परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आकाश माथि लाग्दै आएको उड्ययन प्रतिबन्ध छिट्टै फुकुवा हुने बताएका छन् ।
ब्रसेल्समा आयोजित शान्ति सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
दक्षिण एसियाको उड्डयन सुरक्षा मापदण्ड नेपालले पनि पुरा गरेकाले युरोपेली आकाशमा लगाईएको प्रतिबन्ध फुकाउनका लागि आफुले गरेको आग्रहमा बेल्जिएम र लक्जेम्बर सरकारले पुर्नसमिक्षा गर्ने भन्ने प्रतिवद्धता जनाएकाले छिट्टै युरोपेलि आकाशमा लागेको उड्डयन प्रतिबन्ध फुकुवा हुनेमा आफु विश्वस्त भएको उनले स्पष्ट पारे ।
एसिया प्यासेफिकको उड्डयन सम्बन्धी मापदण्ड ५९ छ भने नेपालले ५८ दशलब ४ अंक मात्रै प्राप्त गरेको छ । यद्यपि आफुहरुको आग्रहमा युरोपेली मुलुकका सरकार सकारात्मक रहेको र उड्डयन सम्बन्धी मापदण्डको पुर्नसमिक्षा गर्ने बताएको उनले उल्लेख गरे ।
मन्त्री महतले शान्ति सम्मेलनका क्रममा युरोपेली मुलुकले नेपालको विकास र भुकम्प पछिको पुर्ननिर्माणमा सहयोग गर्ने तथा नेपालको समग्र शान्ति प्रक्रिया लोकतन्त्र संस्थागत तथा निर्वाचनका बारेमा छलफल भएको बताए ।
सो क्रममा लक्जेम्बर सरकारले पनि अफिसियल डेभलपमन्ट सहयोग गर्नेमा चासो देखाएको महतले उल्लेख गरे ।






