पर्सा – वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो ।
गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिए ।
उनले विवाह भएको पाँच वर्ष बित्दासमेत आप्mनो सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा लालसा देवीले चोरी गरेको अनुसन्धानबाट खुलेको बताए ।






