सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउन माग

काठमाडौं – जथाभावी न्यायाधीश नियुक्त गरेर न्यायालयको मर्यादामा क्षति पुर्याएको भन्दै कानुन व्यवसायीहरुको एक भेलाले प्रधानन्यायाधीश एवं न्यायापरिषद्की सदस्य सुशीला कार्की विरुद्ध महाअभियोग लागाउन माग गरेको छ ।

गत सोमबार वीरगञ्जमा आयोजित कानुन व्यवसायीहरुको भेलाले उक्त माग गरेको हो ।

भेलापश्चात पाँच बुदे घोषणापत्र जारी गर्दै कानुन व्यवसायीले न्यायापरिषद्द्धारा गरिएको उच्च अदालतको न्यायाधीश नियुक्ति गैरसंवैधानिक र गैरकानुनी भएकाले निर्णय अस्वीकार गर्दै संविधानको उलंघन गर्ने न्यायपरिषद्का अध्यक्ष र सदस्यहरुमाथि महाअभियोगलगायतका आवश्यक कानुनी कारबाही अबिलम्ब गर्न माग गरेका छन् ।