अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार आतङ्कवादका विषयमा विशेष सम्बोधन गर्नुहुने भएको खबर छ । उहाँले गर्ने स्टेट अफ युनियनको वार्षिक सम्बोधनका क्रममा मङ्गलबार आतङ्कवादका विरुद्धमा विशेष घोषणा गर्नुहुने अनुमान गरिएको पनि बताइएको छ ।
विश्वव्यापी रुपमा हाल आतङ्कवादका कारण त्रास फैलिइरहेको बेला राष्ट्रपति ओबामाले गर्नुहुने सो सम्बोधनमा विशेष कार्यक्रमको पनि घोषणा गर्नुहुने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ । बु्रकिङ् इन्स्टिच्युटका एकजना शोधार्थी डरेल वेस्टले भनेका छन्– सम्भवत राष्ट्रपति ओबामाले यस विषयमा मङ्गलबार विशेष सम्बोधन गर्नुहुने छ ।
विश्वमा यतिखेर आतङ्कवादसम्बन्धी बहस जारी छ । यसै महिनाको सुरुवमा फ्रान्सको राजधानी पेरिसमा फ्रान्सेली पत्रिकामाथि हमला गरी सो पत्रिकाका प्रधानसम्पादकसहित १२ जनाको हत्या गरेपछि विश्वमा यस विषयमा सबैको ध्यानाकर्षण भएको छ । सो घटनापछि युरोपमा पनि आतङ्कवादका विरुद्धमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । साथै विभिन्न देशमा सुरक्षा अवस्थामा निकै चुस्तता थपिएको छ ।
सो पत्रिकामा हमला गर्ने मुस्लिम अतिवादीहरुले युरोपका पनि विभिन्न देशमा हमलाको चेतावानी दिएकोले ती देशहरुमा सुरक्षा सतर्कता अपनाइएको समाचारमा उल्लेख गरिएको छ । मङ्गलबार राष्ट्रपति ओबामाले गर्ने सो सम्बोधनमा अमेरिकी सरकारको धारणा सार्वजनिक गर्नुहुने बताइएको छ ।
आतङ्कवादका विरुद्धमा जारी विश्व अभियानमा अमेरिकी सरकारको आगामी कार्यक्रमका बारेमा उहाँको धारणा आउने सम्भावना रहेको सो समाचारमा जनाइएको छ ।
राष्ट्रपति ओबामाले विशेष सम्बोधन गर्ने






