उडीसामा रेल दुर्घटनामा परी १३ को मृत्यु, एकसय जना घाइते

काठमाडौं । भारतको उडीसामा रेल दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।
उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये १३ जनाको मृत्यु भएको हो ।

घटनामा एक सय जना घाइते भएका छन् । दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ ।