काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।
प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिनुभएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।
नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुन् ।






