कपिलवस्तु। आफ्नै हजुरआमाको शरिरमा आगो लगाई फरार रहेका बुद्धबाटिका नगरपालिका–१६ पत्थरकोट बस्ने २२ बर्षीय अरविन्द्र क्षेत्रीलाई प्रहरीले धन्चौराबाट पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मानसिक सन्तुलन ठिक नभएको बताइएको क्षेत्रीले ७० बर्षीया हजुरआमा कमला कोइरालाई घर भित्र सुतिरहेको अवस्थामा शरिरमा आगो लगाई भागेका थिए । घाइते कोइरालालाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।






