चीनद्वारा ‘नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम’ घोषणा

काठमाडौं – चीनले सन् २०१७ का लागि नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम घोषणा गरेको छ ।

यसलाई यस बर्ष चिनीयाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रुपमा लिइएको छ ।

राष्ट्रपतिले भ्रमण गर्ने बर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रबर्द्धन कार्यक्रम घोषणा गर्दै आएको छ ।

चीनले केहि दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो ।

मंगलबार नेपालका लागि चीनका राजदूत लीलामणी पौड्यालले चाइना नेसनल टुरिजम एडमिनिस्ट्रेसनको अन्तराष्ट्रिय विभागका महानिर्देशक चाङ लिचोङसँग भेट गरी ‘नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम २०१७’ घोषणा गरेकोमा धन्यवाद दिएका छन् ।