परिवर्तन उल्टाउने कोशिस हुँदैछ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन उल्टाउने कोशिस भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

माओवादीका नेता तथा सांसद् भक्तिप्रसाद पाण्डेको जीवनयात्रा -पुस्तक’चाचा’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी शक्ति फुट्दा र परिवर्तन पक्षधर शक्ति कमजोर बन्दा परिवर्तन उल्टाउने कोशिस भइरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने,
– बलियो नेतृत्व नहुने हो भने अराजकता फैलिने खतरा बढेको छ ।
– तर, देश अब २०४६ सालतिर फर्किँदैन ।
– परिवर्तनलाई संस्थागत गर्न सबै माओवादी शक्ति तथा परिवर्तन पक्षधर शक्ति एक ठाउँ उभिनुपर्छ ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले भने,

– सबै परिवर्तन पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ तर, विचार र आर्थिक समृद्धिको आधारमा ।