पुनःनिर्माण प्राधिकरणमा राजनीति, जनता मारमा

????????????????????????????????????

काठमाडौँ – पुनः निर्माण प्राधिकरणका राजनीतिका कारण भूकम्पपीडित जनताले यस वर्षको हिउँदमा समेत शितसँग रात बिताउनुपर्ने भएको छ । प्राधिकरणमा कार्यरत इन्जिनियर तथा प्राविधिकलाई कार्यकारी निर्देशक ज्ञवालीले नै आन्दोलन गर्न लगाएका छन् । आन्दोलन तिमीहरु गर, तिमीहरुको पक्षमा म छु , त्यसो भए सरकारलाई पनि साइजमा ल्याउन सकिन्छ भन्दै आन्दोलन गर्न उक्साएको र राजीनामा समेत गर्न लगाएको बताइन्छ । ज्ञवालीले आफ्नो पद जोगाउन आन्दोलनको नाटक गर्न लगाएको प्राधिकरणमा कार्यरत कर्मचारीले बताएका छन् ।

कार्यसम्पादन राम्रो नभएको भन्दै प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञवालीलाई वर्खास्त गर्ने तयारीमा सरकार लागेपछि ज्ञवालीले नै प्राविधिक जनशक्तिलाई आन्दोलन गर्न उकासेको बताइन्छ । ज्ञवालीले पीडितको भन्दा पनि गैरसरकारी संस्थाको पक्षमा काम गरेको, गोष्ठी, सेमिनारको नाममा प्राधिकरणको रकम खर्च गरेको तथा रकम उपलब्ध गराउने भन्दा पनि मोज मज्जा र सयरमा मात्रै रमाउने गरेको जस्ता गुनासा प्राप्त भएपछि सरकारले उनलाई कारवाही गर्ने तयारी गरेपछि इन्जिनियर तथा प्राविधिक उचालेर पीडितको घर निर्माण कार्यलाई प्रभावित बनाउन लागेको बताइन्छ ।
ज्ञवालीकै योजनामा प्राविधिक कर्मचारीले आन्दोलन गरेका कारण प्रमुख रुपमा प्रभावित १४ जिल्लाका भूकम्प पीडित प्रभावित भएका छन् । सरकारले दोस्रो किस्ता वापत रु एक लाख ५० हजार उपलब्ध गराउने तयारी गरिरहेको बेला ज्ञवालीकै निर्देशनमा आन्दोलन हुनुलाई भने सरोकारवाला पक्षले राम्रो मानेका छैनन् ।

त्यसो त शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा समेत आन्दोलनकारी उकास्न लागिपरेका छन् । सरकारी कर्मचारीलाई सरकारको काम कारवाही असफल बनाउन एमालेले निर्देशन दिएको भन्ने आशयका समाचार प्रकाशित भइरहेको बेला एमालेका सचिव भनेर चिनिएका सचिव शर्माले समेत आन्दोलनकारीलाई उकास्न लागिपरेका हुन् । समस्या समाधान गर्न लाग्नुपर्नेमा सचिव शर्माले आन्दोलनकारीले राजीनामा दिएपनि केही फरक नपर्ने भन्दै ज्ञवालीको योजनालाई नै बल पु¥याएका छन् ।

जनतालाई राहत दिने भन्दा पनि आन्दोलनको रटान गराएर पीडा माथि थप पीडा दिने उनीहरुको हर्कत बुझिनसक्नुको रहेको बताइन्छ । एक हजार ४२५ जना इीन्ज्नियर मध्ये एमालेले अधिकाशंमा आफ्ना कार्यकर्ता भर्ती गरेको छ । इन्जिनियरको नाममा फित्ता र टेप पनि राम्ररी चलाउन नजानेका व्यक्तिलाई भर्ना गरिएको बताइन्छ ।