तनहुँका कैनी बेलायती काउन्सिलरमा विजयी

काठमाडौँ, २७ वैशाख । तनहुँको घाँसीकुवा कमलबारीमा जन्मनुभएका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । देशैभर लेभर पार्टीको कमजोर प्रदर्शनका बाबजुद कैनी आफ्नो क्षेत्रमा विजयी हुनुभएको हो ।
डार्टफोर्ड क्षेत्रमा खसेको कुल दुई हजार २५० मतमध्ये कैनीले ८४६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी बट्लरले आठ सय दुई मत पाउनुभएको थियो । काउन्सिलरमा विजयी भएपछि कैनीको मेयर पदका लागि उम्मेदवार बन्न पाउने बाटो खुलेको छ ।