‘नाईं मलाई थाहा छैन’ अंतराष्ट्रीय नृत्य प्रतियोगिता हुँदै

‘नाईं मलाई थाहा छैन’ झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो।

यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ। गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ।

गायकद्वय संजीब र टीकाको एल्बम ‘सँग सँगै’ मा समावेश यो गीत भन्दा पहिले ‘तिमी मलाई मन पर्छ’ गीतले अत्यधिक चर्चा पाईसकेको छ। सुगम संगीतका उदीयमान गायकद्वयका अन्य गीतहरु पनि आउने तरखरमा छन।

img_6777

‘नाईं मलाई थाहा छैन’ गीतमा अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक जनवरी २०१७ बाट शुरू हुन लागेको कुरा आयोजक पक्ष्यका बजार ब्यवस्थापक रविन्द्र कुमार शर्माले हामीलाई बताउनु भयो।

बाबा एजुकेशन सिडनी, अष्ट्रेलीया र काठमांडू, नेपालको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले नृत्य गर्नेहरुकालागि आफ्नो प्रतिभा देश-बिदेशमा देखाउने एउटा राम्रो अवसर दिनुकासाथै विजयी प्रतियोगीले नगद पुरस्कार पनि पाउने छन। प्रतियोगितामा बिश्वभरि छरिएर रहेका नेपाली, नेपालीभाषी र नेपालीमुलका मध्ये जो कोहिले पनि भाग लिन पाउने ब्यवस्था रहेको छ।

प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियम, पुरस्कार राशि आदि प्रश्नहरुको उत्तर गायकद्वयको फेसबुक पेज मार्फ़त सार्वजनिक हुनेछ। हेर्दै गर्नुहोला facebook.com/SanjibParajuli र facebook.com/Tika.Prasain.Music