कलाकार दीपाश्री निरौलाले निर्देशकको रुपमा डेब्यू गरेको चलचित्र ’छक्का पञ्जा’ले नेपाली इतिहासमा नयाँ रेकर्ड बनाएको छ ।
यस अघि नै रेकर्ड नै रेकर्ड बनाउन सफल भएको फिल्म ’छक्का पञ्जा’ले आजबाट प्रदर्शनको सय दिन पूरा गरी नयाँ रेकर्ड बनाएको हो । फिल्म छक्का पञ्जा काठमाण्डौँभित्र मात्र ६ वटा सिनेमा हलमा अझै प्रदर्शन भइरहेको छ ।
भदौ २४ मा रिलिज भएको सिनेमाले हालसम्म १७ करोडभन्दा माथिको ग्रस कलेक्शन गरेको छ । ’छक्का पञ्जा’ अहिले पनि केही हलहरुमा भने हाउसफूल नै छ ।






