बेलायतमा गुल्मेलीको च्यारिटीबाट १२ लाख संंकलन

news

तस्वीर सौजन्य : किशोर सुवेदी

लन्डन– जिल्लामा ब्लड बैंक स्थापना गर्न गुल्मेलीले बेलायतमा एक च्यारिटी कार्यक्रम गरेका छन् ।

गुल्मी जिल्ला समाज यूकेले गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापना सहयोगार्थ आइतबार च्यारिटी कार्यक्रम गरेको हो । च्यारिटीबाट करिब ९  हजार पाउण्ड संकलन भएको समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिएका छन् ।f1

नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव शिव भण्डारी र प्रवक्ता मञ्जु भण्डारी खरेलले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आरणले मातृभूमिप्रति गुल्मेलीहरुको सहयोगी भावनाको प्रशंसा गरे । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुँवर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ओमप्रसाद थापा र पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतमले समाजका गतिविधिबारे प्रष्टयाएका थिए । अध्यक्ष गलामीले आफू भाषणभन्दा काम गरेर देखाउने बताउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।la

उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहकोषाध्यक्ष राम सापकोटाले ब्लड बैंक स्थापना तथा उपाध्यक्ष राजन खरेलले च्यारिटी उद्देश्यबारे जानकारी दिएका थिए।

कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति रोचक रह्यो । सुजाता काफ्ले, रण केसीलगायतले दोहोरी गाएका थिए ।

कार्यक्रमको संयोजन उपाध्यक्षहरु फडिन्द्र भट्टराई र राजन खरेलले गरेका हुन् । उक्त अवसरमा माउन्टेन भ्यू रेष्टुरेन्टका रोमनाथ पाण्डेले खाना र डिजे हेम विष्टले साउण्ड सिस्टम उपलव्ध गराएका थिए । कार्यक्रमका सहयोगदातालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष दासुराम पाण्डे, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ,पशुपती मन्दिरका अध्यक्ष बालजङ अर्याल,चाल्टर्न समाज यूकेका संस्थापक अध्यक्ष सुरज केसी, व्यवसायीहरु कमल भण्डारी, यादव भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष रण केसी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल,सल्लाहाकार मोती भण्डारी मिन दर्लमी बिनोद ज्ञवल्री, खड्क रेश्मी,राजेन्द्र श्रेष्ठ, झपट भुजेल,केशब भण्डारी,गोकर्न बस्नेत,चेतनाथ खनाल, भोजप्रसाद गुरुङ, लगायतको सहभागिता थियो ।