प्रधानमन्त्री भेट्न सँगै गए बाबुराम–उपेन्द्र

काठमाडौं– संयुक्त विज्ञप्ती निकालेका बाबुराम र उपेन्द्र प्रचण्डलाई भेटन पनि सँगै गएका छन् । आइतवार दिउँसो प्रचण्डसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन् ।

प्रचण्डले प्रस्तावमा सहमति जनाउन मोर्चासँग आग्रह गरेका छन् । तर, मोर्चाले भने विज्ञप्ती निकालेर यथास्थितिमा सहमति जनाउन नसकिने बताएको छ ।

सरकारले प्रस्ताव दर्ता अगाडि पनि बाबुरामले प्रचण्डसँग भेट गरेका थिए । संशोधन प्रस्ताव पुरा नभएपनि सकारात्मक रहेको नयाँ शक्तिको भनाई छ ।

गत मंसिर १३ मा बाबुराम र उपन्द्रले संविधान संशोधनका विषयमा सयुक्त विज्ञप्ती निकालेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाएकी छिन् ।