शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पुरानो डुङ्गा’ले उत्कृष्ट ओपनिङ गरेको छ । दयाहाङ राई र प्रियंका कार्की स्टारर यो फिल्मको पहिलो दिनको पहिलो शो धेरैतिर हाउसफुल पाईएको छ ।
राजधानीको चाबहिल स्थित गोपिकृष्ण हलका पाँच वटा पर्दा हाउसफुल छन् । सात पर्दा रहेको हलका गोपी, कृष्ण, ओम, नम र शिवाय ‘पुरानो डुङ्गा’का दर्शकले भरिभराउ छन् । यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पाईएको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ ।
मल्टिप्लेक्समा पनि फिल्मको विहानी शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो ‘शो’ का सिटहरु अग्रिम बुकिङले भरिएका छन् ।






