अमेरिका । गैरआवासीय नेपाली सङ्गठन अमेरिकाको सङ्गठन बिस्तार कार्यले तीव्रता लिन थालेको छ । अागामी ३१ जनवरीसम्म सदस्यता वितरण तथा नविकरणको गर्ने अन्तिम समय तोकिएको छ ।
गत १४ जनवरी बुधवारको साँझ टेक्सासको यूलेस शहरमा सदस्यता वितरण गरिएको थियो । यूलेसमा सामुहिक रुपमा करिब तीन दर्शनले एनअारएनए सदस्यता लिएका थिए ।
नेपाली समाज टेक्सस एवंम् ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा स्थानीय अग्रणी समाजसेवी राम सी. पोखेरलको सक्रियतामा भएको सो कार्यक्रममा राजन श्रेष्ठ, विकल ढकाल, बिशाल शर्मा, सुजन ढकाल, नबिन कुमार भट्टराई, गौरब ढुंगाना, प्रविन ढकाल, सगुन दाहाल, सबिन अमगाईँ, सन्दिप श्रेष्ठ, लगायत स्थानीय नेपालीहरूको उपस्थिति थियो ।
अमेरिकाका सदस्य लिन चाहने गैरआवासीय नेपालीहरुले एनअरएनए अमेरिकाको अधिकारिक वेससाइटबाट पफार्म भर्न सकिने एनअरएन अमेरिकाले जनाएको छ ।






