काठमाडौं– हाल विदेशमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको बानेश्वरस्थित निवासमा अाज सर्वोच्चको टोली पुगेको छ ।
कार्कीको घरमा सूचना टाँस्नको लागि सर्वोच्चको विशेष टोली कार्कीको घरमा पुगेको हो । तर, टोली पूर घर भाडामा लगाइएको भन्दै त्यसै सुचना नै नटाँसी फर्किएको छ ।
विवादमा परेको कार्कीको नियुक्तिको विषयमा पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्की म्याद नबुझि विदेश गएको भन्दै सर्वोच्चको टोलीले घरमै पुगेर सूचना टाँस गर्न लागेको थियो ।
आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा गत वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए ।
हाल कार्की क्यानडामा रहेका छन् ।






