एमाले र नयाँ शक्तिमाथि परराष्ट्रमन्त्रीको कडा जवाफ

‘२५ बुँदेको विरोध गर्ने नक्कली राष्ट्रवादी’

काठमाडौं–परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा भएको साक्षात्कारमा बोल्दै मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन् । उनले भने,‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो ।’

विपक्षी एमाले र नयाँ शक्तिले २५ बुँदेका केही बुँदामा आपत्ति जनाएका थिए ।त्यसबाहेक मोहन वैद्यको माओवादी लगायतका केही साना दलले पनि २५ बुँदेको विरोध गरेका थिए ।