काठमाडौं– पाकिस्तानी विदेश मन्त्रालयले १९ औं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन स्थगित भएको घोषणा गरेको छ ।
भारतसहितका केहि मुलुकले सार्कमा सहभागि नहुने बताएपछि पाकिस्तानले सार्क सम्मेलन स्थगित गर्ने घोषणा शुक्रबार एक विज्ञप्तीमार्फत गरेको हो ।
पाकिस्तानी विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा छिट्टै सार्क सम्मेलनको नयाँ मिति तोकिने उल्लेख गरिएको छ ।
आगामी कात्तिक २४ र २५ गते सार्क सम्मेलन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।






