माग्ने बुढाको गीतमा मन्त्रीको सालोको दोहोलो (भिडियोसहित)


काठमाडौं– चार महिनादेखि अस्वस्थ्य भएर आराम गरिरहेका हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ब्यंग्य गीत तयार पारेका छन् ।

‘मन्त्रीको सालो…’ बोलको व्यंग्यात्मक गीतमा उनी देखिएका हुन् । स्वास्थ्य सुधार भएपछि उनले सो भिडियोका लागि समेत केहि दृश्यहरु दिएका छन् ।

माग्ने बुढा आफैंले लेखेको गीतमा हरि लम्सालको संगीत छ । दीपक आचार्यको निर्देशन रहेको गीतमा दीपक आचार्य, हरिजंग थापा, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत देखिएका छन् ।