लन्डन हेज टाउनमा खुुल्यो पशुपति ज्वेलर्स (हेरौं भिडियोमा पनि)

शिव भण्डारी

लन्डन । सरिता सुनार, बेलायतमा परिचित एक जना साहसी महिला व्यवसायी हुन् । ज्वेलरी व्यवसायमा सफलता चुमिरहेकी उनले भर्खर हेज एण्ड हार्लिंगटनमा नयां सुनचांदी पसल खोलेकी छन् । पशुपति ज्वेलर्स नामक उक्त सुनचांदी पसल एक साताअघि खुलेको हो ।

उक्त पसलमा सुनचांदीका सम्पूर्ण गरगहना विशेष डिजाइनमा उपलव्ध हुने जनाउंदै सरिताले सस्तो र सहुलियत भाउदरमा ग्राहकका अगाडि नै गरगहना बनाइने जनाइन् । अनुभवी कालिगढले बनाउने गरगहना ग्यारेन्टीका साथ विक्री गरिने पनि उनले बताइन् ।
‘हामी गुणस्तरमा बढि सचेत छौं’, उनले भनिन्, ‘ब्रुनाइ, हंगकंगबाट कांचो सुन ल्याएर आधुनिक डिजाइनमा ग्राहकले खोजेकै जस्ता गहना बनाइन्छ ।’ सबै उमेर, समूह र वर्गका लागि विभिन्न डिजाइनमा गरगहना उपलव्ध हुने पनि सरिताले बताइन् ।

पशुपति ज्वेलर्समा बिहे, जन्मदिन, पास्नी वा अन्य हरेक धार्मिक कर्मकाण्डमा प्रयोग हुने गरगहना जस्तै लगनको मंगलसूत्र, औंठी, रानी हार, नौ गेडी, हमेल, कन्ठ आदि उपलव्ध छन् । आफ्नो मन परेको व्यक्तिलाई उपहार दिनका लागि सादा औंठीमा नाम समेत लेखिने सरिताले बताइन् ।

उनले ग्राहकको सन्तुष्टि नै आफ्नो प्रमुख उद्देश्य भएको जनाउंदै अन्त्यमा समस्त नेपाली समुदायलाई पसलमा आएर गरगहना खरिद गर्न आग्रह समेत गरेकी छन् ।