नवलपरासी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सबै दल मिलेर संविधानको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस नवलपरासी क्षेत्र नं ४ ले आज आयोजना गरेको दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सांसद गुरुङले सबै दल दलीय स्वार्थ त्यागी संविधानको उचित कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।






