समुदायमा आधारित संरक्षणमा मात्र दिगोपन हुन्छः राष्ट्रपति

/fli6«o ;+/If0f lbj; /fli6«o ;+/If0f lbj;, @)&# sf cj;/df sf7df8f}Fdf z'qmaf/ cfof]lht ljz]if ;df/f]xdf /fi6«klt ljBfb]jL e08f/L, Jfg tyf e"–;+/If0fdGqL z+s/ e08f/Lnufot . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आवाजविहीन प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय संरक्षण दिवस, २०७३ का अवसरमा वन तथा भूसंरक्षण मन्त्रालयले यहाँ आज आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘प्रकृति नै जीवन हो, त्यसैले यसको संरक्षण गर्नु नै जीवनको संरक्षण गर्नु हो ।”
समुदायमा आधारित संरक्षणमा मात्र दिगोपन हुने बताउँदै राष्ट्रपति भण्डारीले संविधानले प्राकृतिक स्रोतको संरक्षण, प्रवद्र्धन र उपयोगका सम्बन्धमा महत्वपूर्ण नीति अवलम्बन गरेको बताउनुभयो ।

उहाँले १० वर्षअघि ताप्लेजुङ, घुन्सा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका वन संरक्षण अभियानकर्मीका अधुरा काम पूरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभयो । विसं २०६३ असोज ७ गते कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यक्रममा जानुभएका तत्कालीन वन तथा भूसंरक्षामन्त्री गोपाल राईलगायत २४ विशिष्ट व्यक्तिको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । सोही दिनको सम्झनामा मन्त्रालयले असोज ७ गते यो दिवस मनाउँदै आएको छ ।

समारोहमा वनमन्त्री शङ्कर भण्डरीले संरक्षणका कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको बताउँदै भन्नुभयो, “हामी मुलुकलाई काठमा आत्मनिर्भर बनाउन र भूकम्पपीडतलाई सहुलियतमा काठ वितरण गर्ने अभियानमा लागेका छौँ ।”

वन सचिव कृष्णचन्द्र पौडेलले प्रकृति संरक्षणमा विगतका प्रयत्नको समीक्षा गरी भविष्यको बाटो फराकिलो बनाउन अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चरा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएबापत कैलालीका भोजराज श्रेष्ठ (गुलेली बाजे) लाई राष्ट्रिय संरक्षण पुरस्कार तथा वन तथा वन्यजन्तु संरक्षणमा उल्लेख्य योगदान पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई पुरस्कृत गरिनाका साथै छात्रवृत्ति प्रदान गरिएको थियो ।